images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • आज शिखर इन्स्योरेन्सको २० औँ वार्षिक...

आज शिखर इन्स्योरेन्सको २० औँ वार्षिक साधारणसभा हुँदै

आज शिखर इन्स्योरेन्सको २० औँ वार्षिक साधारणसभा हुँदै

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा आज गर्दैछ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आज फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको हो।

    images
    images

    सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। 

    जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँबराबरको नगद लाभांश छन्।

    images
    images

    सभाले नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र र नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्ष २०८०।८१को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend