images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सिद्धार्थ प्रिमियरको ३० प्रतिशत लाभांश...

सिद्धार्थ प्रिमियरको ३० प्रतिशत लाभांश सेयरधनीको खातामा जम्मा

सिद्धार्थ प्रिमियरको ३० प्रतिशत लाभांश सेयरधनीको खातामा जम्मा

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाउन थालिएको छ।

    images
    images

    कम्पनीको फागुन १५ गते ३१ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) पारित भएको थियो। 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २ गते बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा फागुन १ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्।

    images
    images

    साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको भए यथाशीघ्र गर्न आग्रह समेत गरेको छ। सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै नगद लाभांश पठाइने जनाएको छ।कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend