images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु क्यापिटल लिमिटेड र बिजबेल लिमिटेडबीच ‘रोड टु आईपीओ’ सम्झौता

प्रभु क्यापिटल लिमिटेड र बिजबेल लिमिटेडबीच ‘रोड टु आईपीओ’ सम्झौता

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौँ।  नेपालको एक अग्रणी मर्चेन्ट बैंक प्रभु क्यापिटल लिमिटेड र  बिजबेल लिमिटेडबीच आईपीओ निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बिजबेल लिमिटेड एक स्वतन्त्र ऊर्जा उत्पादक तथा  रणनीतिक लगानी कम्पनी हो। 

    images
    images

     सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आसिस गौचन र बिजबेल लि.का संस्थापक सुशील पोखरेलले हस्ताक्षर गरे। सो अवसरमा हाइड्रो एम्पायर प्रा. लि.का अध्यक्ष काजी लामा र प्रभु क्यापिटल लि.का प्रमुख लगानी अधिकृत  दुर्गा नन्द झाकोसमेत  उपस्थिति थियो। 

    यस सम्झौता अन्तर्गत, प्रभु क्यापिटलले बिजबेल लि.लाई पूर्व-आईपीओ र आईपीओ-सम्बन्धित सेवाहरू सहित विस्तृत सल्लाहकार सेवाहरू प्रदान गर्नेछ। यी सेवाहरूले पूँजी संरचना र मूल्य निर्धारण योजना, पूर्व-आईपीओ इक्विटी उठाउने, बजारयोग्यता, आईपीओ तयारी र जारी व्यवस्थापन जस्ता महत्वपूर्ण क्षेत्रहरूलाई समेट्नेछन्। 

    images
    images

    २०१४ मा स्थापित बिजबेल लिमिटेड, स्वच्छ ऊर्जा क्षेत्रमा एक गतिशील कम्पनी हो।  जसले  १००० मेगावाट बराबरका नवीकरणीय ऊर्जा परियोजनाहरूमा कम गरिरहेको छ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend