images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • तातोपानी नाकाबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार...

तातोपानी नाकाबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच गर्न आउन थाले नयाँ सवारी

तातोपानी नाकाबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच गर्न आउन थाले नयाँ सवारी

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौँ । तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि मालवाहक सवारी सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा आउन थालेका छन् । यसअघि दक्षिणी नाका वीरगञ्जबाट मात्रै कन्टेराइज्ड कार्गो र नयाँ सवारी साधनहरू भन्सार जाँच पासका लागि आउने गरेका थिएि । बिहीबारदेखि भने तातोपानी नाकाबाट पनि आउन थालेको हो । 

    images
    images

    २०७८ चैत्र २२ देखि सञ्चालनमा आएको चोभारमा सुक्खा बन्दरगाहमा फागुन १५ गते बिहीबार कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको सामग्री बोकेका सवारी पहिलोपटक आएका थिए । कम्पनीको हाइड्रोपावरको सामान बोकेका ४ वटा कन्टेनरहरू भन्सार जाँचपासका लागि सीधै चोभार आइपुगेका जनाइएको छ ।   

    अर्थ मन्त्रालयले २०८१ कार्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो । यसअघि दक्षिणी नाकाहरू वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट ल्याउन पाइने व्यवस्था थियो ।  तातोपानी नाकाबाट समेत मालवस्तु आउन थालेपछि चोभारमा थप चहलपहल बढ्न थालेको छ । 

    images
    images

    उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले बताए । पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्कलगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरूले नियमित रूपमा मालवाहक सवारीसाधन चोभार आउने जानकारीसमेत दिए । त्यसैगरी आगामी दिनमा रसुवा नाकाबाट पनि सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको जनाइएको छ । 

    काठमाडौँमा आयात हुने सामान र काठमाडौँ वरिपरिबाट निर्यात गर्न चोभारबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरूलाई कार्यकारी निर्देशक आशीष गजुरेलले आग्रह गरे । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend