images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन २७ गते अन्तिम दिन रहेको छ।कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन २८ गते एक दिन बुक क्लोज गर्दैछ। यसको अर्थ आज फागुन २७ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा आउँदो चैत १५ गते डाकेको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेट बिहान ११ बजेदेखि सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्।

    सभाले बोनस शेयर जारी गरेपश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ६९ग० मा भएको तत्काल चुक्ता पुँजीसम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।सोही सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्नेछ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०।८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्नेछ।

    images
    images

    कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आएबमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने) प्रस्ताव स्वीकृत गर्नेछ।

    सभाले कम्पनीबाट गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू अनुमोदन गर्ने, संशोधित प्रबन्ध पत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend