images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • शुक्रवार स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट...

शुक्रवार स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट हुँदै

शुक्रवार स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट हुँदै

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट प्रक्रिया शुक्रवार हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार, एफपीओ बाँडफाँट शुक्रवार बिहान १० बजे आफ्नो कार्यालय बालुवाटार, काठमाडौंमा हुनेछ।

    images
    images

    कम्पनीको  एफपीओ मा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको छ । यसर्थ गोला प्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । कुल १८ लाख ८२ हजार ४२२ जनाले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन्, जसमा १९ हजार ५७७ जनाले मात्र सेयर प्राप्त गर्नेछन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको हात खाली रहनेछ।

    कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। यस एफपीओमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो। यस एफपीओको प्रमुख उद्देश्य बैंक र वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न हो।

    images
    images

    क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रूपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यो रेटिङ २०८१ साउन १४ गते दिइएको हो र २०८२ साउन १३ गतेसम्म वैध रहनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend