images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • आज नेपाल इन्स्योरेन्सको ७६ औं वार्षिक...

आज नेपाल इन्स्योरेन्सको ७६ औं वार्षिक साधारणसभा

आज नेपाल इन्स्योरेन्सको ७६ औं वार्षिक साधारणसभा

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औँ वार्षिक साधारण सभा आज  बस्दैछ । कम्पनीको साधारण सभा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

    images
    images

    सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०\८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।

    त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामािजक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend